घातक टाउको दुखाई कसरी छुट्याउन सकिन्छ ?


टाउको दुखाई एउटा संवेदनशील अवस्था हो जुन विभिन्न कारणहरुले हुनसक्छन्। कतिपय बिरामीहरुमा सामान्य कारणहरुले टाउको दुखेको हुन्छ भने धेरै बिरामिहरुमा टाउको दुखाई विशेष कारणहरुले हुने गर्छ। सामान्य कारणहरु जस्तै रुघाखोकि, ज्वरो आएर, जिउमा पानीको कमि भएर वा कहिलेकाँहि तनाब भएर पनि टाउको दुखेको हुन्छ। यस्तो टाउको दुखाईहरु समयसंगै आफै ठिक भएर जाने गर्छ। यदि तपाईंलाई घातक कारणले टाउको दुखेको हो भने यसको समयमानै उपचार नगरे मृत्यु र अंगभंग हुने संभावना धेरै हुन्छ।

विशेषकारणले  हुने  टाउकोदुखाई  दुई  प्रकारका  हुन्छन्।


प्राईमरी हेडेक

  • यस्ता  टाउको  दुखाई  मस्तिष्कको भित्री कारणले हुने भए पनि प्राय:  गरिने  जाँच (MRI/CT इत्यादि) मा  देखिदैन ।
  • यस्ता टाउको दुखाईहरुले ज्यान नलिए पनि अत्यन्त कष्टकर जिवन बिताउन बाध्य बनाउँछ।
जस्तै:-

माईग्रेन हेडेक:


माईग्रेन हेडैकमा टाउकोको एक भागमा मात्र दुख्न सुरु भई करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ।

यसका अन्य लक्षणहरुमाः

  • कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ।
  • टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ।

  • टाउको दुखाइको साथसाथै वाकवाकीलाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्।

  • त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अंध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन् र यस्ता टाउको दुखाइ करिब ४ देखि ७२ घण्टासम्म रहने  गर्छ।


टेन्सन टाइप हेडेक:


यो सबैभन्दा धेरै हुने टाउको दुखाइ हो।

  • सामान्यतया हल्का देखि मध्यम दुखाइ हुन्छ। 
  • प्राय: टाउको वरिपरि कडा ब्यान्ड जस्तो कस्सिएको  महसुस हुन्छ। ”

क्लस्टर हेडेक:


क्लस्टर हेडेकमा टाउकोको एक भागमा (धेरैजसो आँखा वरिपरि) एकदम पीडादायी दुखाई हुन्छ।

  • संगै टाउको दुखाईकै साइडको आँखाबाट धेरै आँसु आउने र नाक बाट सिगान आउने गर्छ ।
  • दुखाइको अवधि छोटो हुन्छ तर दुखाई दिनमै धेरै पटक दोहोरिन्छ र येसतो प्रक्रिया केहि महिना सम्म चल्छ।


सेकेन्डरी हेडेक

  • यस्ता टाउको दुखाईको कारणहरु नियमित गरिने जाँच  (MRI/CT इत्यादि) मा  प्रस्ट  देखिने  गर्छ।
  • यस अन्तर्गत (मस्तिष्कघात, मस्तिष्क ट्युमर, मेननजाईटिस्, ब्रेनहेमरेज, हाईड्रोसेफलस, इडियोपैथीक इन्ट्राक्रानियल हाइपरटेन्सन)आदि पर्दछन् ।

“यस्ता रोगहरुमा रोगको समयमा पहिचान हुन अति आवश्यक हुन्छ किनकी उपचारमा अलिकति पनि ढिलो भएमा बिरामिको ज्यान जान सक्छ र यस्तो अवस्थामा बिरामि तुरुन्त उपचार केन्द्रमा सम्पर्क गर्नु पर्ने हुन्छ।”



सेकेन्डरी हेडेकलाई प्राईमरी हेडेकबाट छुट्याउन यी लक्षणहरुले मदत गर्छ


जस्तैः
  • पहिलो टाउको दुखाईनै खप्न नसक्ने गरि दुख्छ।
  • समयसंगै दुखाई बढ्दै गएको छ, दुख्ने प्रकृति फेरिदै गएको छ।

  • टाउको दुखाई संगै ज्वरो आएको छ, बिरामी दुब्लाउदै गएको छ।

  • बिरामिको होस कम हुदै गएको छ, छारेको अटैक आएको छ, अनुहार वा शरिरको एकभाग कमजोरी, पोल्ने, लाटोपन भएको छ ।


“ त्यसैले  यदि  पटक-पटक  टाउको  दुख्ने  गरेको  वा  घातक  कारणहरुलाई  सकेत  गर्छ भने  तुरुन्त  स्नायु  रोग  विशेषग संगको  परामर्श  लिन  जरुरि  हुन्छ” ।