
नसा च्यापिएको बिरामीहरुलाई नियमित मेडिकल उपचारबाट नै निको पार्न सकिन्छ

- मेरुदण्डबाट निस्कने नसाको जरा विभिन्न कारणले थिचिएर उत्पन्नहुने समस्यालाई नसा च्यापिनु भनिन्छ।
- डिस्क वा कुरकुरे हड्डि आफ्नो स्थानबाट फुत्केर वा हड्डीहरु खिईदै गएर, हड्डीको खोक्रोपना वा अन्य कारणले जस्तै (हड्डीको संक्रमण, चोटपटकले) नसाको जराहरु च्यापिन पुग्दछ।
लक्षणहरु:
- अचानक ढाड दुख्नु वा ढाडको दुखाई खुट्टामा सर्नु, झमझम गर्नु, पोल्नु, कमजोर हुनु।
-
अचानक घाँटि पछाडि वा गर्दन दुख्नु वा हाततिर सर्नु, झमझम गर्नु, पोल्नु, कमजोर हुनु।
-
पिढुला दुख्नु, दुखाईले धेरैबेर एकै ठाउँमा बस्न नसक्नु।
-
कुनै अवस्थामा गोडा नचल्नु, दिसा-पिसाब बन्द हुनु, मानिस हिँड्नै नसक्ने पनि हुन सक्छ।
उपचार
यसको उपचारमा के कारणले नसा च्यापिएको हो भनि पत्ता लगाउनु अत्यन्त जरुरि हुन्छ। करिब ९० % नसा च्यपिएका बिरामीहरुलाई नियमित मेडिकल उपचारलेनै निको पार्न सकिन्छ। मेडिकल उपचार अन्तर्गत चिकित्सको निर्देशन अनुसार नियमित औषधी सेवन, फिजियोथेरापि र अप्नाउनु पर्ने सावधानिहरु पर्दछन् ।
अप्नाउनुपर्ने सावधानीहरुमा:
- अगाडी निहुरेर बढि काम, ठुलो भारी उचाल्नु वा उक्लिने-ओर्लिने गर्नु हुदैन।
-
लामो समयसम्म एउटै पोस्चरमा बसिराख्नु वा उभिराख्नु हुदैन।
-
सवारी तथा बाईक चलाउँदा अत्यधिक गतिमा, खाल्टो बेवास्ता गरि चलाउनु हुदैन।
-
लामो यात्रामा सानो गाडि वा ठुलो गाडिको पछाडिको सिटमा बसेर गर्नु हुदैँन।
-
ढाडमा अत्याधिक मालिस र कपालभाति प्रणायम जस्ता व्यायाम गर्नु हुदैँन।
नसा च्यापिएका बिरामीहरुले बिरामिको अवस्था हेरि ६ महिना देखि १-१.५ बर्ष सम्म औषधि सेवन तथा फिजियोथेरापि गर्नु पर्ने हुन सक्छ। तर यस्ता अप्नाउनु पर्ने सावधानीहरु तत्तपश्चात पनि आजिवन अप्नाउनु पर्ने हुन्छ। त्यसो गरिएन भने समस्या पुर्ण ठिक नहुने र फेरि पनि त्यहि ठाउँमा वा अन्य ठाउँमा पनि च्यापिन सक्छ।