
हात-खुट्टा झमझमाउने ,पोल्ने समस्या
समयमा उपचार नगरे कस्ता दुष्परिणाम निम्तिन सक्छ ?
- विभिन्न कारणहरुले मेरुदण्ड वा मस्तिष्क बाट निस्कने नसा (स्नायु) को क्षति हुदै जानुलाई न्युरोपैथी भनिन्छ। यस रोगले धेरै मानिसहरु ग्रसित छन् र अत्यन्त कष्टकर जिवन बिताउन बाध्य भएका छन् ।
लक्षणहरु :
कहिलेकाँहि कुनै खास परिस्थितिमा (जस्तै पलेठी मारेर बस्दा, धेरै चिसोमा, सिस्नुलाई छुँदा, आगोले पोल्दा) हात वा खुट्टा केहि बेर झम-झम गर्नु, पोल्नु वा लाटो हुनु, सामान्य कुरा हो ।तर यस्तो झम-झम, पोलाई र लाटोपन कुनै परिस्थिति बिनानै सुरु भएको छ, लगातार हुने गर्छ, बढ्दै वा अन्य भागमा फैंलिदै गएको छ र संगै हात-गोडाको मांशपेसी फर्किने गरेको छ वा कमजोर हुँदै गएको छ, हात खुट्टा चिसो हुन्छ, छाला चिल्लो हुँदै गएको छ, अत्यधिक पसिना आउँछ वा सुख्खा हुन्छ, दिसा-पिसाबमा समस्या आएको छ, बसेर उट्दा रिंगटा लाग्छ, हिंड्दा हुत्तिन्छ (खास गरि अध्यरोमा) वा मुटु ढुकढुक गर्छ भने यसले नशा (स्नायु) को क्षति हुँदै गएको संकेत गर्छ जसलाई न्युरोपैथी भनिन्छ ।
नोट :- यदि यस्ता लक्षणहरु तीव्रताका साथ केहि दिनमै बढ्दै गएको छ र संगै खाना निल्न वा सास फेर्न गार्हो हुँदैगएको छ भने यसले गंभीर रोग (जस्तै गुलेन बारी सिन्ड्रोम, माएस्थेनिक क्रेइसिस आदि) लाई संकेत गर्छ।
समयमा उपचार नगरे के हुन्छ ?
यसको सक्दो छिटो पहिचान र उपचार नभएमा नसा (स्नायुको) स्थाई क्षति हुन्छ जसलाई पुनः उपचार द्वारा बनाउन र मर्मत गर्न साकिँदैन। फलस्वरुप हात-गोडा स्थाई कमजोरि हुने र कामै नगर्ने हुने हुन्छ। यदि लक्षणहरु तीव्रताका साथ बढ्दै गएको छ र समयमा उपचार नगरे मृत्यु वा अंगभंगको सम्भावना धेरै हुन्छ ।
No comment yet, add your voice below!