अधिकांश अर्थात् तीन-चौंथाई छारेरोगको बिरामीहरुमा कस्ता कस्ता लक्षनहरु देखिन्छन् ? छारे रोगको एक-चौथाई बिरामीमा मात्र छारेको ठुलो अटैक आउने गर्छ।

यस अन्तर्गत बिरामी अचानक
  • बेहोस हुनु,
  • हात खुट्टा कडा हुनु,
  • जिउ काम्नु वा हल्लाउनु,
  • जिउ कडा हुनु,
  • मुखबाट फिजआउनु,
  • दाँत किट्नु
  • अस्वभाभिक आवज गर्नु आदि मात्र देखिन्छ।
यस अन्तर्गत बिरामी (खासगरी बच्चाहरुमा)
  • एकै छिन टोलाउने,
  • थाहै नपाइकन भुईमा पछाडिने जस्ता लक्षण देखिन्छ।
अन्य केहीमा
  • एक साइड मात्र काम्नु,
  • आँखा वा अनुहार फरफराऊनु,
  • बेहोश नभई बेसुर मात्रै हुनु,
  • अचानक एकछिन केही चपाएको जस्तो मुख चलाउनु,
  • हातले शर्टकोबटन लगाए जस्तो गर्नु,
  • घरबाट बाहिर भाग्नुजस्ता व्यवहार देखिन्छ भने
केहिमा
  • जीउको एकभागमा पोल्नु,
  • झमझम गर्नु वा दुख्नु,
  • अत्यधिक डर त्रासको अनुभुति हुनु,
  • आफु कुनै नयाँ ठाउँमा पुगेकोअनुभुति हुनु वा नभएको बस्तु देखिनु वा आवाज सुन्नु
  • आदि जस्ता शारिरिक,भावनात्मक र मानसिकअनुभुतिहरु देखिन्छ।

यस्ता लक्षणहरुको बारेमा पनि जानकारी हुनु आवश्यक छ।

 

समग्रमा भन्नु पर्दा कुनै मानिसमा यदि अचानक कुनै पनि सोचाई,अनुभुति,बौधिक वा व्यवहारपरिवर्तन देखिन्छ र केहि बेरमा आफै ठीक हुन्छ भने त्योछारेरोगको लक्षण हुन सक्छ।त्यसैले यस्तालक्षण देखिने वित्तिकै न्युरोलोजिस्ट संगको चेक जाँच अनिवार्य हुन्छ।