न्यूरोपैथी

हात-खुट्टा झमझमाउने ,पोल्ने समस्या

समयमा उपचार नगरे कस्ता दुष्परिणाम निम्तिन सक्छ ?

  • विभिन्न कारणहरुले मेरुदण्ड वा मस्तिष्क बाट निस्कने नसा (स्नायु) को क्षति हुदै जानुलाई न्युरोपैथी भनिन्छ। यस रोगले धेरै मानिसहरु ग्रसित छन् र अत्यन्त कष्टकर जिवन बिताउन बाध्य भएका छन् ।

लक्षणहरु :

कहिलेकाँहि कुनै खास परिस्थितिमा (जस्तै पलेठी मारेर बस्दा, धेरै चिसोमा, सिस्नुलाई छुँदा, आगोले पोल्दा) हात वा खुट्टा केहि बेर झम-झम गर्नु, पोल्नु वा लाटो हुनु, सामान्य कुरा हो ।तर यस्तो झम-झम, पोलाई र लाटोपन कुनै परिस्थिति बिनानै सुरु भएको छ, लगातार हुने गर्छ, बढ्दै वा अन्य भागमा फैंलिदै गएको छ र संगै हात-गोडाको मांशपेसी फर्किने गरेको छ वा कमजोर हुँदै गएको छ, हात खुट्टा चिसो हुन्छ, छाला चिल्लो हुँदै गएको छ, अत्यधिक पसिना आउँछ वा सुख्खा हुन्छ, दिसा-पिसाबमा समस्या आएको छ, बसेर उट्दा रिंगटा लाग्छ, हिंड्दा हुत्तिन्छ (खास गरि अध्यरोमा) वा मुटु ढुकढुक गर्छ भने यसले नशा (स्नायु) को क्षति हुँदै गएको संकेत गर्छ जसलाई न्युरोपैथी भनिन्छ ।

नोट :- यदि यस्ता  लक्षणहरु  तीव्रताका  साथ केहि दिनमै बढ्दै गएको छ र  संगै खाना  निल्न वा सास फेर्न गार्हो हुँदैगएको छ भने यसले गंभीर रोग (जस्तै गुलेन बारी सिन्ड्रोम, माएस्थेनिक क्रेइसिस आदि) लाई संकेत गर्छ।

समयमा उपचार नगरे के हुन्छ ?

यसको सक्दो छिटो पहिचान र उपचार नभएमा नसा (स्नायुको) स्थाई क्षति हुन्छ जसलाई पुनः उपचार द्वारा बनाउन र मर्मत गर्न साकिँदैन। फलस्वरुप हात-गोडा स्थाई कमजोरि हुने र कामै नगर्ने हुने हुन्छ। यदि लक्षणहरु तीव्रताका साथ बढ्दै गएको छ र समयमा उपचार नगरे मृत्यु वा अंगभंगको सम्भावना धेरै हुन्छ ।

नसा च्यापिनु

नसा  च्यापिएको  बिरामीहरुलाई  नियमित  मेडिकल उपचारबाट नै  निको  पार्न  सकिन्छ


  • मेरुदण्डबाट निस्कने नसाको जरा विभिन्न कारणले थिचिएर उत्पन्नहुने समस्यालाई नसा च्यापिनु भनिन्छ।
  • डिस्क वा कुरकुरे हड्डि आफ्नो स्थानबाट फुत्केर वा हड्डीहरु खिईदै गएर, हड्डीको खोक्रोपना वा अन्य कारणले जस्तै (हड्डीको संक्रमण, चोटपटकले) नसाको जराहरु च्यापिन पुग्दछ।

लक्षणहरु:

  • अचानक ढाड दुख्नु वा ढाडको दुखाई खुट्टामा सर्नु, झमझम गर्नु, पोल्नु, कमजोर हुनु।
  • अचानक घाँटि पछाडि वा गर्दन दुख्नु वा हाततिर सर्नु, झमझम गर्नु, पोल्नु, कमजोर हुनु।

  • पिढुला दुख्नु, दुखाईले धेरैबेर एकै ठाउँमा बस्न नसक्नु।

  • कुनै अवस्थामा गोडा नचल्नु, दिसा-पिसाब बन्द हुनु, मानिस हिँड्नै नसक्ने पनि हुन सक्छ।

उपचार

यसको उपचारमा के कारणले नसा च्यापिएको हो भनि पत्ता लगाउनु अत्यन्त जरुरि हुन्छ। करिब ९० % नसा च्यपिएका बिरामीहरुलाई नियमित मेडिकल उपचारलेनै निको पार्न सकिन्छ। मेडिकल उपचार अन्तर्गत चिकित्सको निर्देशन अनुसार  नियमित औषधी सेवन, फिजियोथेरापि र अप्नाउनु पर्ने सावधानिहरु पर्दछन् ।

अप्नाउनुपर्ने सावधानीहरुमा:

  • अगाडी निहुरेर बढि काम, ठुलो भारी उचाल्नु वा उक्लिने-ओर्लिने गर्नु हुदैन।
  • लामो समयसम्म एउटै पोस्चरमा बसिराख्नु वा उभिराख्नु हुदैन।

  • सवारी तथा बाईक चलाउँदा अत्यधिक गतिमा, खाल्टो बेवास्ता गरि चलाउनु हुदैन।

  • लामो यात्रामा सानो गाडि वा ठुलो गाडिको पछाडिको सिटमा बसेर गर्नु हुदैँन।

  • ढाडमा अत्याधिक मालिस र कपालभाति प्रणायम जस्ता व्यायाम गर्नु हुदैँन।

नसा च्यापिएका बिरामीहरुले बिरामिको अवस्था हेरि ६ महिना देखि १-१.५ बर्ष सम्म औषधि सेवन तथा फिजियोथेरापि गर्नु पर्ने हुन सक्छ। तर यस्ता अप्नाउनु पर्ने सावधानीहरु तत्तपश्चात पनि आजिवन अप्नाउनु पर्ने हुन्छ। त्यसो गरिएन भने समस्या पुर्ण ठिक नहुने र फेरि पनि त्यहि ठाउँमा वा अन्य ठाउँमा पनि च्यापिन सक्छ।

टाउको दुखाई

घातक टाउको दुखाई कसरी छुट्याउन सकिन्छ ?


टाउको दुखाई एउटा संवेदनशील अवस्था हो जुन विभिन्न कारणहरुले हुनसक्छन्। कतिपय बिरामीहरुमा सामान्य कारणहरुले टाउको दुखेको हुन्छ भने धेरै बिरामिहरुमा टाउको दुखाई विशेष कारणहरुले हुने गर्छ। सामान्य कारणहरु जस्तै रुघाखोकि, ज्वरो आएर, जिउमा पानीको कमि भएर वा कहिलेकाँहि तनाब भएर पनि टाउको दुखेको हुन्छ। यस्तो टाउको दुखाईहरु समयसंगै आफै ठिक भएर जाने गर्छ। यदि तपाईंलाई घातक कारणले टाउको दुखेको हो भने यसको समयमानै उपचार नगरे मृत्यु र अंगभंग हुने संभावना धेरै हुन्छ।

विशेषकारणले  हुने  टाउकोदुखाई  दुई  प्रकारका  हुन्छन्।


प्राईमरी हेडेक

  • यस्ता  टाउको  दुखाई  मस्तिष्कको भित्री कारणले हुने भए पनि प्राय:  गरिने  जाँच (MRI/CT इत्यादि) मा  देखिदैन ।
  • यस्ता टाउको दुखाईहरुले ज्यान नलिए पनि अत्यन्त कष्टकर जिवन बिताउन बाध्य बनाउँछ।
जस्तै:-

माईग्रेन हेडेक:


माईग्रेन हेडैकमा टाउकोको एक भागमा मात्र दुख्न सुरु भई करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ।

यसका अन्य लक्षणहरुमाः

  • कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ।
  • टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ।

  • टाउको दुखाइको साथसाथै वाकवाकीलाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्।

  • त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अंध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन् र यस्ता टाउको दुखाइ करिब ४ देखि ७२ घण्टासम्म रहने  गर्छ।


टेन्सन टाइप हेडेक:


यो सबैभन्दा धेरै हुने टाउको दुखाइ हो।

  • सामान्यतया हल्का देखि मध्यम दुखाइ हुन्छ। 
  • प्राय: टाउको वरिपरि कडा ब्यान्ड जस्तो कस्सिएको  महसुस हुन्छ। ”

क्लस्टर हेडेक:


क्लस्टर हेडेकमा टाउकोको एक भागमा (धेरैजसो आँखा वरिपरि) एकदम पीडादायी दुखाई हुन्छ।

  • संगै टाउको दुखाईकै साइडको आँखाबाट धेरै आँसु आउने र नाक बाट सिगान आउने गर्छ ।
  • दुखाइको अवधि छोटो हुन्छ तर दुखाई दिनमै धेरै पटक दोहोरिन्छ र येसतो प्रक्रिया केहि महिना सम्म चल्छ।


सेकेन्डरी हेडेक

  • यस्ता टाउको दुखाईको कारणहरु नियमित गरिने जाँच  (MRI/CT इत्यादि) मा  प्रस्ट  देखिने  गर्छ।
  • यस अन्तर्गत (मस्तिष्कघात, मस्तिष्क ट्युमर, मेननजाईटिस्, ब्रेनहेमरेज, हाईड्रोसेफलस, इडियोपैथीक इन्ट्राक्रानियल हाइपरटेन्सन)आदि पर्दछन् ।

“यस्ता रोगहरुमा रोगको समयमा पहिचान हुन अति आवश्यक हुन्छ किनकी उपचारमा अलिकति पनि ढिलो भएमा बिरामिको ज्यान जान सक्छ र यस्तो अवस्थामा बिरामि तुरुन्त उपचार केन्द्रमा सम्पर्क गर्नु पर्ने हुन्छ।”



सेकेन्डरी हेडेकलाई प्राईमरी हेडेकबाट छुट्याउन यी लक्षणहरुले मदत गर्छ


जस्तैः
  • पहिलो टाउको दुखाईनै खप्न नसक्ने गरि दुख्छ।
  • समयसंगै दुखाई बढ्दै गएको छ, दुख्ने प्रकृति फेरिदै गएको छ।

  • टाउको दुखाई संगै ज्वरो आएको छ, बिरामी दुब्लाउदै गएको छ।

  • बिरामिको होस कम हुदै गएको छ, छारेको अटैक आएको छ, अनुहार वा शरिरको एकभाग कमजोरी, पोल्ने, लाटोपन भएको छ ।


“ त्यसैले  यदि  पटक-पटक  टाउको  दुख्ने  गरेको  वा  घातक  कारणहरुलाई  सकेत  गर्छ भने  तुरुन्त  स्नायु  रोग  विशेषग संगको  परामर्श  लिन  जरुरि  हुन्छ” ।

छारेरोग

अधिकांश अर्थात् तीन-चौंथाई छारेरोगको बिरामीहरुमा कस्ता कस्ता लक्षनहरु देखिन्छन् ? छारे रोगको एक-चौथाई बिरामीमा मात्र छारेको ठुलो अटैक आउने गर्छ। यस अन्तर्गत बिरामीअचानक बेहोस हुनु, हात खुट्टा कडा हुनु

Continue reading